मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

२ बर्ष अघि

२0७९ श्रावण ३ मंगलवार

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो ।


प्रधानमन्त्री देउवाले कुप्रचारको निर्मुल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नत्तिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुक्तकमैयालाई आत्मनिर्भर बनाउन, उनीहरूको स्वतन्त्रता र स्वाभिमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवालाहरू प्रतिवद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।