बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

२ बर्ष अघि

२0७९ श्रावण ३ मंगलवार

बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका९१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताउनुभयो ।


डा। धीरज जायसवाल, डा। दिपेश श्रेष्ठ, डा।रोशन चौधरी, डा। हिरा जोशी, डा। चैतन्य जोशी र डा। थानेश्वर न्यौपानेलगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको हो । गत हप्ता भर्ना भएकी ती महिलाको शल्यक्रियापछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।