भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

२ बर्ष अघि

२0७९ श्रावण २ सोमबार

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

एजेन्सी । भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ ।  द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति बन्नु हुनेछ। वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।