व्याँस गाउँपालिकामा करारका कर्मचारीको अवधि नथपिने

२ बर्ष अघि

२0७९ असार ३२ शनिबार

व्याँस गाउँपालिकामा करारका कर्मचारीको अवधि नथपिने

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि नथपिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करारका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ । गाउँपालिाका भित्रका कार्यालयमा कार्यरत करारका कर्मचारीको म्याद नथपिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँकार्यपालिकाको यही असार ३१ गते बसेको बैठकले करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेकाले सोही अनुसार कार्यान्वयन गराउन गाउँपालिकाले आग्रह गरेको छ । यो संगै जिल्लाका चार वटा स्थानीय तहले करारका कर्मचारीहरुको करार अवधि नथपिने जनाएका छन । यस अघि जिल्लाको अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका शैल्यशिखर नगरपालिकाले पनि करारका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथपिने बताएका छन ।