दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटवार्ता

२ बर्ष अघि

२0७९ असार ३२ शनिबार

दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटवार्ता

काठमाडौ । शुक्रबार दिल्ली पुगेका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।
‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्दैछन् ।