पाकिस्तान सरकारले बेच्यो ७० कार, भैंसी पनि बेच्ने तयारी

६ बर्ष अघि

२0७५ आश्विन २ मंगलवार

पाकिस्तान सरकारले बेच्यो ७० कार, भैंसी पनि बेच्ने तयारी

दूष्टिकोण समाचार इस्लामावाद, असोज २ । पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गरेको छ । सरकारी खर्च कटौतीको प्रयासस्वरुप सरकारले ती कार बेचेको हो ।प्रधानमन्त्री कार्यालयमा रहेका अत्याधुनिक सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो । प्रधानमन्त्री इमरान खानले यसअघि नै अनावश्यक सवारी साधन बिक्री गरेर राष्ट्रिय ढुकुटीमा रकम जम्मा गर्ने घोषणा गरेका थिए ।वैदेशिक ऋणमा डुबेको पाकिस्तानका लागि इमरान खानले सरकारी खर्च कटौतीमा जोड दिँदै आएका छन् । सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत आफू नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन् ।पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीका अनुसार लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो । उनले बजारमूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको बताए ।प्रधानमन्त्री निवासमा रहेका केही भैंसीसमेत बेच्ने सरकारको योजना छ ।नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैंसी बेच्ने योजना वर्तमान सरकारले बनाएको हो ।