बलात्कार पीडित बालिकाको न्यायमा पहुँच पुर्याउन इन्सेकद्धारा आर्थिक सहयोग हस्तान्तरण

२ बर्ष अघि

२0७९ असार २९ बुधबार

बलात्कार पीडित बालिकाको न्यायमा पहुँच पुर्याउन इन्सेकद्धारा आर्थिक सहयोग हस्तान्तरण

दार्चुला ।इन्सेकले पीडितको न्यायमा पहुँच पुर्याउँन यौनहिंसा पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । यौनहिंसामा परेपछि समस्यामा परेका १५ वर्षीया बालिका अदालत र अस्पताल आउँजाउ गर्न समस्या भएको भन्दै इन्सेकलाई सहयोगको लागि निवेदन दिएपछि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पीडित बालिकाले गत असार ४ गते सहयोगको लागि निवेदन दिनुभएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बुधबार सदरमुकाम खलंगामै पीडित बालिकालाई १० हजार रुपैयाँ नगदै हस्तान्तरण गर्नुभयो । डिसिए कार्यक्रम अन्तर्गत पीडत बालिकालाई न्यायमा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा पत्रकारहरुको सहभागिता थियो ।
पीडित बालिकालले आफुमाथि बलात्कार गरेर गर्भवती बनाएको भन्दै ०७८ फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी अन्तर्गत उजुरी दिएका थिए । प्रहरीले पीडितको उजुरीको आधारमा मालिकार्जुन गाउँपालिका ८ का १३ वर्षीय बालक र २४ वर्षीय किरनसिह धामीलाई गिरफ्तार गरि जबरजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेको हो । 
जिल्ला अदालतले फागुन २० गते आरोपित बालकलाई सुधार गृह र किरनलाई पूर्पक्ष्यको लागि थुनामा राख्ने आदेश दिएको थियो । मुद्धाको फैसला हुन बाकी छ । पीडितले अझै पनि आफुले न्याय पाउदैन कि भन्ने चिन्ताले सताएको बताएको छ । आर्थिक सहयोग रकम बुझ्दै पीडितका बुवाले भन्नुभयो, ‘एक जना आरोपित छुटेर घर पुगेका छन् । अर्कोलाई के गर्ने हुन । मेरो छोरीले न्याय पाउनुपर्छ ।’ 
आफु छोरीले न्याय नपाएसम्म निरन्तर कानुनी लडाई लड्ने भन्दै इन्सेकलाई आगामी दिनमा सहयोगको लागि आग्रह गर्नुभयो ।