नेपालमा संघिय निर्वाचनको मिति नजिकिए सङै चिनको सक्रियता

२ बर्ष अघि

२0७९ असार २८ मंगलवार

नेपालमा संघिय निर्वाचनको मिति नजिकिए सङै चिनको सक्रियता

एजेन्सी ।  नेपालमा संघिय निर्वाचनको मिति नजिकिए सङै चिनको सक्रियता बढेर गएको छ।आगामी निर्वाचनमा बाम एकता गराउन कुटनैतिक पहल गरिरहेको चिनले नेपालको लागि चीनिया राजदुत होउ यान्छीलाई बेइजिङ्ग बोलाएको छ।

नेपालका कम्युनिस्ट पार्टीहरु बिच आउदो संघिय निर्वाचनमा एकताको कुरो चलिरहेको बेला राजदुत यान्छिको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यान्छीको चीन भ्रमणकैबेला चिनिया कम्युनिस्ट पार्टीको बिदेश बिभागले कम्युनिस्ट पार्टीहरुका दोस्रो तहका नेताहरुलाइ चीन भ्रमणको निम्तो पठाएको छ । माओवादी केन्द्रका नेता बर्समान पुन र नारायण काजी श्रेष्ठ तथा एमालेका नेता बिष्णु पौडेललाई चीन भ्रमणको निम्तो पठाइसकेको छ।

स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्बजनिक भए सङै सुरु भएको बाम गठबन्धनको गृहकार्यले आकार लिन थालेको छ।बाम शक्ति हरुका दोस्रो तहका नेता हरु एमालेबाट योगेस भट्टराई ,गोकर्ण बिस्ट ,घनश्याम भुसाल ,माओवादी केन्द्रबाट बर्षमान पुन ,शक्ति बहादुर बस्नेत लगायतका नेताहरु संघिय निर्वाचनमा बाम एकताको पक्षमा जाने गरि छलफलमा जुटेका छन ।स्थानिय चुनाब अगाडि नै बाम एकता वा सहकार्यका लागि चिनले भुमिका त खेलेको थियो तर सम्भब भएन ।

चिनले स्थानीय निकायको निर्वाचनलाई भन्दा संघ र प्रदेशको निर्वाचनलाई महत्त्वका साथ हेरेको छ।चिनले नेपालमा आफ्नो मुद्दा  र नितिलाइ स्थापित गराउन पनि आगामी संघ र प्रदेशको निर्वाचनमा बाम एकतालाइ प्रमुख बिषय बनाएक छ।नेपालको बर्तमान राजनैतिक अबस्था र सम्भाबित कम्युनिस्ट पार्टी बिचको एकताको बिषयमा अबगत गराउन चीनिया राजदुत वेइजिङ्ग पुगेकी छन।

करिब दुई महिना अगाडि चीनिया परराष्ट्र मन्त्रीको नेपाल भ्रमणलाई मुख्य त कम्युनिस्ट एकता र निर्वाचन गठबन्धन जस्ता बिषय सङ्ग जोडिएर हेरिएको थियो तर यस्को ठ्याक्कै प्रभाब नपरे पनि एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले भने बाम एकताको प्रयासलाइ महत्त्वका साथ उठाएका थिय।चीनिया निती अनुसार एमाले बाम एकताको प्रमुखश्रोत भएको र कम्युनिस्ट पार्टी बिभाजन हुनुपर्ने बैचारिक र सैधान्तिक कारण नभएको साथै  आगामी संघ र प्रदेशको निर्वाचनमा बिजयी भइ कम्युनिस्ट सरकार निर्माण गर्न बाम पार्टी बिच एकता हुनु पर्ने चीनिया अडान रहेको छ।

यस्को लागि चिनले दुबै पार्टीका सिर्श नेता तथा दोस्रो तहका नेताहरुलाइ दबाब सिर्जना गर्न सक्ने बुझिएको छ।चिनको बाम एकता वा सहकार्यमा आफ्नो रणनीतिक स्वार्थ रहेको छ।यहि पृष्ठभुमिको आधारमा नेपालमा कम्युनिस्टहरु सत्तामा आए सोही सरकार मार्फत आफ्नो रास्ट्रिय स्वार्थ पूरा गर्न चिनलाइ सजिलो हुने बुझेको छ।अहिलेको चरण सम्म आइ पुग्दा सम्म नेपालको कम्युनिस्ट शक्तिहरु भित्र चीनिया प्रभाव बढेर गएको छ।त्यसैको निरन्तरता अहिले सम्म जारी नै रहेको छ।

बर्तमान गठबन्धन सरकारले चिनको महत्वाकांक्षी परियोजना वि।आर।आइ लाई प्राथमिकतामा नराखे पछि चिनको संखा अझ बढेर गयो र संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्धनलाई अपरिहार्य बिषय बनाउदै आएको छ।चिनले आफ्नो ऋण परियोजना हरुलाइ बिस्तार गर्न,सहयोगी हरुको सन्जाल निर्माण गर्न,सफ्ट पावर प्रयोग गर्दै आफ्नो राजनैतिक ,आर्थिक र सामाजिक उदेश्य पूरा गर्न पनि बाम गठबन्धनमा जोड दिइरहेको छ।

नेपालको समसामयिक राजनीतिक अबस्था बामपंथी शक्तिहरु बिचको सहकार्य र एकता तथा आगामी निर्वाचनमा हुने तालमेलका बिषयमा चिनले राजदुत होउ यान्छी लाई चीन बोलाएर पछिल्लो घटना क्रमको राय लिइ रहेको छ,करिब २ महिनाको चीन बसाइ पछि नेपाल फर्किने राजदुतको फिर्ती पछि नेपालको राजनीतिमा संघ र प्रदेश चुनाव अघि केही राजनैतिक परिघटना हरु हुन सक्ने राजनैतिक विश्लेषण हरुको अनुमान रहेको छ।