संविधान दिवसको पूर्वसन्ध्यामा खलंगा बजारमा सरसफाई (फोटो फिचर)

६ बर्ष अघि

२0७५ आश्विन २ मंगलवार

संविधान दिवसको पूर्वसन्ध्यामा खलंगा बजारमा सरसफाई (फोटो फिचर)

दृष्टीकोण समाचार, असोज २ दार्चुला । नेपालको संविधान २०७२ जारी भएको असोज ३ गतेको दिनलाई देशैभर संविधान दिवसको रुपमा मनाईदै आइरहेको छ । यसै सन्दर्भमा संविधान दिवसको पूर्वसन्ध्यामा दार्चुला सदरमुकाम खलंगा बजारमा आज विहान सरसफाई गरिएको छ । 


प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र महाकाली नगरपालिकाको संयोजनमा खलंगाको बीच बजारमा, नेपाली सेना र जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघको नेतृत्वमा बंगाबगड र शसस्त्र प्रहरी तथा गल्फै स्थित अन्य सरकारी कार्यालयहरुको संयोजकत्वमा गल्फैबजारमा सरसफाई गरिएको हो ।


आजबाट असोज ४ गतेसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने क्रममा बजार सरसफाई गरिएको हो । 


बजारमा रहेको फोहरमैला उठाएर सांकेतिक रुपमा सरसफाईको सन्देश दिनका लागि बजार सरसाफाई गरिएको हो ।


यसका अतिरिक्त भोली दार्चुला अस्पातलमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि संविधानको कार्यान्वयन विषयक निबन्ध प्रतियोगिता गर्ने लगायतका कार्यक्रम गरि संविधान दिवस मनाईन छ ।