नेपाल—चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत

२ बर्ष अघि

२0७९ असार २८ मंगलवार

नेपाल—चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत

एजेन्सी । नेपाल—चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत गराएको छ। चीनले नेपालसँग आवतजावत बढाउन खुनमिङ र छङ्तुबाट काठमाडौंका लागि सीधा हवाई उडान संचालनमा ल्याएका बेला फेरि महामारी पुनरागमनको चिन्ता बढेको हो।

 

गत जुलाइ ६ तारिख विश्व स्वास्थ्य संगठनले विश्वव्यापी कोभिड १९ महामारीको पछिल्लो साप्ताहिक प्रतिवेदनमा ओमिक्रोन बीए।४ बारे सतर्क रहन चेतावनी दिएको थियो। हाल ओमिक्रोन बीए।४ नेपालमा प्रवेश गरिसकेको छ।
नेपालबाट चीनतर्फ यात्रा गर्नुअघि र बाटोमा पनि सावधानी अपनाउन, यात्रा पूर्वस्वास्थ्य व्यवस्थापन गर्न र भीडभाड तथा अन्य गतिविधिमा सहभागी नहुन सूचनामार्फत् आग्रह गरिएको छ।

चाइना न्युज अनलाइनका अनुसार पछिल्लो समय नेपालमा पनि नयाँ संक्रमितको संख्या बढ्दै गएको भनेर काठमाडौंस्थित चिनियाँ दूतावासले वीच्याट खातामार्फत् सचेत गराएको हो। दूतावासले आफ्ना नागरिकलाई महामारी रोकथामबारे सचेतना बढाउन र कोरोनाको नयाँ लहर फैलिनबाट रोक्नको लागि व्यक्तिगत सुरक्षाका लागि अरुसँग ननजिकिने, भीडभाडमा नबस्ने र निकट सम्पर्क नराख्ने जस्ता तीनवटा सूत्र अघि सारेको छ।