सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

२ बर्ष अघि

२0७९ असार २६ आईतवार

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ चार दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको थियो ।

नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० लाई अस्वीकार गर्ने निर्णय गरेपछि चिनियाँ पक्षको यो पहिलो भ्रमण हो । विदेश विभाग प्रमुख भए लगत्तै जियानचाओले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद समेत गर्नुभएको थियो । चीनले नेपालका कम्युनिस्ट पार्टीलाई मिलेर अघि बढ्न आग्रह गर्दै आएको छ