बाजुराको बुढीगंगामा मेयर–उपमेयरमा एमाले विजयी

२ बर्ष अघि

२0७९ असार २६ आईतवार

बाजुराको बुढीगंगामा मेयर–उपमेयरमा एमाले विजयी

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयरसहित ७ वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ ४७ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् भने गठबन्धनका उम्मदेवार रंगबहादुर खातीले ३७ सय ७३ मत ल्याएर पराजित भए । उनीहरुको मतान्तर १ हजार ३ रहेको छ । त्यस्तै, उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्काले अग्रता लिइरहेकी छिन् । खड्काले ४७ सय २७ मत ल्याएर विजयी हासिल गरेकी छिन् भने गठबन्धनकी उम्मेदवार रिता शाहीले ३७ सय ५५ मत ल्याएकी हुन् । उनीहरुबीच ९७२ मतान्तर छ । एमालेले वडा नम्बरहरु १,२,३,५,७,९, र १० मा विजयी हासिल गरेको छ भने कांग्रेसले वडा नम्बरहरु ४,७ र ८ मा जित हात पारेको