बाबुरामले पनि बोलाए जसपाको केन्द्रीय समितिको विस्तारित बैठक

२ बर्ष अघि

२0७९ असार २६ आईतवार

बाबुरामले पनि बोलाए जसपाको केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं । विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । अध्यक्ष उपेन्द्र यादव र बाबुराम पक्षबीच विवाद चुलिएको छ । बाबुराम नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तर, त्योभन्दा अघि उनले केन्द्रीय समितिको विस्तारित बैठक राखेर महत्वपूर्ण निर्णय लिन लागेका छन् । अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक यही असार २९ र ३० गतेका लागि वीरगन्जमा बोलाएका छन् । उता, भट्टराई पक्षले भने त्यसको एक दिनअघि नै असार २८ र २९ गते नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।