दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी जारी भारतीय एसएसबी पनि खोजि गर्दै, प्रमुख जिल्ला अधिकारी उपाध्याय

२ बर्ष अघि

२0७९ असार २६ आईतवार

दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी जारी भारतीय एसएसबी पनि खोजि गर्दै, प्रमुख जिल्ला अधिकारी उपाध्याय

दार्चुला । दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । गत बुधबार व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए । भारत गर्वाधारबाट खाने तेल किनेर घर फर्कँदै गरेका उनी तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर नदीमा बेपत्ता भएका थिए । बुधबारदेखि नै प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । जिल्लाको लाली देखि दुम्लिङ सम्म ३० देखि ४० जना सम्म खटाएर खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जाएको छ ।  यता जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट टे«निङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुम्लिङ बीओपीबाट घटनास्थलमा ९ जना, नम्बर ४४ गणबाट २० जना, दत्तु बीओपीबाट ७ जना, जौलजिवी र लाली बीओपीबाट ७ जना सशस्त्र प्रहरीको टोली हिजो बिहानैबाट खोजी भईरहेको छ । तुईनमा परि वेपत्ता भएका बुढाथोकीको खोजिकार्य तिव्र पारिएको  प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो । उहाँका अनुसार भारत भारतीय प्रशासन संग पनि समन्वय गरेर एसएसबी पनी खोजि कार्यमा रहेको प्रमुख जिल्ला अधिकारी उपाध्याले जानकारी दिनुभयो ।