पेशागत महासंघ नेपाल दार्चुलाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

२ बर्ष अघि

२0७९ असार २५ शनिबार

पेशागत महासंघ नेपाल दार्चुलाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

दार्चुला । पेशागत महासंघ नेपाल दार्चुलाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न जिल्ला अविेशनले मोहन दत्त भट्ट सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा शिता भट्ट जोशी,शेरसिह धामी ,सचिवमा लोकेन्द्र प्रसाद भट्ट,सह–सचिवमा ईन्द्रसिह सामन्त चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कर्ण बहादुर खत्री, जय बहादुर  फर्सवान, माधव प्रसाद अवस्थी,प्रेम बहादुर बुढाथोकी,धन बहादुर लोहार चयन भएको पेशागत महासंघ दार्चुलाका उपाध्यक्ष शेरसिह धामीले जानकारी दिनभुयो । नेकपा एमाले जिल्ला अध्यक्ष प्रेमसिह धामीको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा  पेशागत महासंघ सुदुरपश्चिम संयोजक हरिदत्त जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पेशागत महासंघ नेपाल दार्चुलाका निर्वातमान सदस्यहरुको सहभागिता रहेको थियो ।