माओवादीका प्रदेश सदस्य धामी एमालेमा प्रवेश

२ बर्ष अघि

२0७९ असार २५ शनिबार

माओवादीका प्रदेश सदस्य  धामी एमालेमा प्रवेश

दार्चुला । नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य कृष्ण सिह धामी हिमाल नेकपा एमाले प्रवेश गरेका छन । माओवादी केन्द्र परित्याग गदै धामी शनिबार एमालेमा प्रवेश गरेका हुन । उनलाई एमालेका केन्द्रीय सदस्य गणेश सिह ठगुन्नाले टिका लगाइ पार्टीमा स्वागत समेत गरेका छन । धामी जिल्ला समन्वय समिति दार्चुलाका निर्वतमान उपप्रमुख रहेका थिए  । जिल्लाको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीका विश्वासका पात्र मानिने धामी हिमाल सहिद परिवारका सदस्य हुन ।  नेता धामी माओवादी केन्द्रका प्रभावशाली नेतामा मानिनु हुन्छ। उहाँले माओवादी त्यागेपछि माओवादी थप कमजोर बनेको जानकारहरुले बताएका छन् ।

शनिबार दार्चुला सदरमुकाम खलंगामा एमालेको जिल्ला कमिटि बैठक चलिरहेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा दार्चुलामा सफलता हासिल गरेको एमालेले निर्वाचनको समिक्षा गर्दैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आगामी