दार्चुला जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

२ बर्ष अघि

२0७९ असार २४ शुक्रबार

दार्चुला जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

दार्चुला । दार्चुला जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिएको छ । शुक्रबार जिल्लालाई पूर्ण सुनिश्चितता घोषण गरिएको हो ।  जिल्लाका ९ वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भट्टले जानकारी दिनुभयो । सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएका छन् ।


 उक्त उमेर समूहका १७ सय ३ जना बालबालीका रहेका छन् । १६ सय ८७ जना बालबालीकाले खोप लगाएका छन् भने १६ जना बालबालीका बसाईसराई गरेको पाईएको छ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात स्वास्थ्य कार्यालयले प्रमाणी करणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने बताईएको छ  ।

 

१६ देखि २३ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए र नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन÷तीन वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले शुक्रबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।