दार्चुलामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद

२ बर्ष अघि

२0७९ असार २२ बुधबार

दार्चुलामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद

दार्चुला । दार्चुलामा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जिल्लाको व्याँस गाउँपालिका–३ गल्फास्थित सडक किनारमा लुकाइछिपाई राखेको अवस्थामा करिब ३ क्विन्टल ५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको उक्त परिमाणको अवैध जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  ठूलो मात्रामा भेटिएको प्रतिबन्धित जडीबुटी झ्याउबारे अनुसन्धान भइरहेको उनले बताए । बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेरा दार्चुलाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।