दार्चुलाका ८ वटा स्थानीयतह पूर्णखोप सुनिश्चितता घोषणा

२ बर्ष अघि

२0७९ असार २२ बुधबार

दार्चुलाका ८ वटा स्थानीयतह पूर्णखोप सुनिश्चितता घोषणा

दार्चुला । दार्चुला जिल्लाका ८ वटा स्थानीयतह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएका छन् । जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका ,नौगाड गाउँपालिका, अपि हिमाल गाउँपालिका, व्यासँ गाउँपालिका तथा दुहुँ गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ  ।

जिल्लाका नौ स्थानीय तहमध्ये ८ स्थानीयतहले आफ्ना पालिका भरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप युक्त पालिका घोषणा गरिएको कार्यालयका खोप सुपर भाइजर विरेन्द्र भट्टले बताउनु भयो ।

जिल्लाका बाँकी रहेका एक वटा स्थानीय तहलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्ण खोप समन्वय समिति दार्चुलाले जनाएको छ । बाकी रहेको मालिकार्जुन गाउँपलिकालाई पनि छिटै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।