भारतीय पर्यटकका कारण पोखराको पर्यटनमा राहत

२ बर्ष अघि

२0७९ असार २0 सोमबार

भारतीय पर्यटकका कारण पोखराको पर्यटनमा राहत

काठमाडौ । कोरोना महामारीका कारण झण्डै दुई वर्ष सम्म सुस्ताएको पोखराको पर्यटनमा भारतीय पर्यटकहरुको आगमनले राहत पु¥याएको छ । पोखराका स्थानीय व्यवसायीहरुका अनुसार तेश्रो मुलुकका पर्यटकको आगमन कमहुने समयमा भारतीय पर्यटकको उपस्थितीले पर्यटन व्यवसायलाई उर्जा प्राप्त भईरहेको छ । “अफसिजन” मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायलाई फाईदा पुगेको छ । प्राकृतिक सौन्दर्य र तालको कारण आकर्षक ठाउको रुपमा पोखरा त विश्व मै चर्चित छ तर सीमावर्ती शहरबाट आउने भारतीय पर्यटकहरु गर्मी छल्न पनि यहाँ आउने गरेका हुन । गत जेठमा भारतीय र आन्तरीक पर्यटकले पोखराका ८० प्रतिशत होटल भरिभराउ थिए । भारतका उत्तर प्रदेश र विहारका पर्यटकहरु २÷३ रात पोखरामा विताउँछन त्यसपछि मुक्तीनाथधामको यात्राका लागी प्रस्थान गर्ने गर्दछन । अहिले भारतीय पर्यटकको बढतो आकर्षणलाई हेर्दा अगामी सिजनमा नेपालको पर्यटनमा निकै प्रगति हुने विश्वास होटल संघ पोखराका अध्यक्षको रहेको छ । पृथ्वी राजमार्ग र मुगलिङ्ग – नारायणगढ सडक खण्डमा आएको पहिरोको कारण असार पहिलो साता भारतीय पर्यटकको आगमनमा केही कमी आएको अनुमान छ । पोखरा आउने भारतीय पर्यटक फेवातालमा डुङ्गा चढन प्यारागलाईडिङ्ग गर्न, बरपरका पर्यटकीय स्थलको भ्रमण गर्न रुचाउछन । नया गन्तव्यको रुपमा रहेको पुग्दीकोटको शिवमन्दिर र सराङ्ककोट पुग्ने अन्नपूर्ण केवलकार पनि भारतीयको रोजाईमा पर्ने गरेको छ । पोखराबाट हाल भैरहवा नेपालगंज, धनगढी सिमरा र जनकपुरमा सीधा हवाई सेवा संचालनमा छ । सुनौली नाकाहुदै भैरहवाबाट हवाईमार्ग हुदै पोखरा भित्रिने भारतीय पर्यटकको संख्यामा बृद्धि भएको छ । होटल संघ पोखराले भारतका सीमावर्ति सहरमा पुगेर प्रवद्र्वनात्मक कार्यक्रम “ चलिए पोखरा” गर्दै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ जानकी मन्दिर, मुक्तीनाथ तथा लुम्बिनी मन्दिर भएको धार्मिक भ्रमणले पनि भारतीय पर्यटकलाई धेरै संख्यामा नेपाल प्रति उत्साही बनाएका हुन सक्दछन । झण्डै २ वर्षको कोराना महामारीको कारण थला परेको नेपालको पर्यटन व्यवसायीलाई भारतीय पर्यटकको भरथेग प्राप्त हुनु पनि ठुलो उपलब्धी हो ।