भारतीय राजदूत श्रीवास्तव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल बीच भेटवार्ता

२ बर्ष अघि

२0७९ असार २0 सोमबार

भारतीय राजदूत श्रीवास्तव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष  नेपाल बीच भेटवार्ता

काठमाडौ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् । राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले फेशबुकमा लेखेका छन

“नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव शनिबार वेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहालाई नेपालमा स्वागत गर्दै उहाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो ।