भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुको पाकिस्तान कनेक्सन

२ बर्ष अघि

२0७९ असार २0 सोमबार

भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुको पाकिस्तान कनेक्सन

काठमाडौं । केही दिन पहिला भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एउटा हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले समप्रदायिक तनाव बढेको छ ।

धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघटमा प्रतिबन्ध लगाएको छ ।

हत्या र धम्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि प्रहरीले सचेत गराएको छ । नुपुर शर्माको टिप्पणीलाई समर्थन गरेको आरोपमा तीन साता पहिले कन्हैया लाललाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनी रिहा भएलगत्तै उनको पसलमा लुगा सिलाउने बहानमा पुगेकाहरूले पसलमै आक्रमण गरी हत्या गरेका थिए ।
सो हत्याको घटनालाई गम्भीरताका साथ अध्ययन गरिरहेको भारतको राष्ट्रिय सुरक्षा एजेन्सी र राजस्थानका गृहमन्त्रीले दुुवै हत्याराहरुको सम्बन्ध पाकिस्तानसंग भएको केही दिन पहिला फर्केर आएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।
भारतका विभिन्न मुस्लिम संघ संगठनहरूले पनि हत्याको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।