आगामी वर्ष ८ लाख मानिस गरिबीको रेखामुनि पुग्छन् अर्थविद् डा.गोविन्द नेपाल

२ बर्ष अघि

२0७९ असार २0 सोमबार

आगामी वर्ष ८ लाख मानिस गरिबीको रेखामुनि पुग्छन् अर्थविद् डा.गोविन्द नेपाल

काठमाडौं । अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिस गरिबीको रेखामुनि पुग्ने बताउनुभएको छ ।शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९र८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरूलाई गरिबीको रेखमाथि पुर्‍याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताउनुभयो । डा.नेपालले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताउनुभयो । ‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनि पुग्न सक्छन् ।’ अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पु¥याउने योजना र भिजन दुवै नभएको दाबी गर्नुभयो ।