बैतडीमा जीप दुर्घटना, ४ जना घाईते

६ बर्ष अघि

२0७५ आश्विन १ सोमबार

बैतडीमा जीप दुर्घटना, ४ जना घाईते

दृष्टीकोण समाचार   दार्चुला । असोज १ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा गएराति जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक विष्ट, जगदिश पन्त, करुणाकर पन्त र पाटन नगरपालिका–९ का राजेन्द्र बिजले रहेका छन् । घाईते चारै जनाको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।बैतडीको खोड्पेदेखि बझाङ बित्थडका लागि छुटेको से१ज ५८४ नम्बरको जीप दुदिलाखान मोडमा आईतबार राति ८ बजे दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ  ।जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप चालक सिगास गाउँपालिका–१ का महेश पन्त फरार रहेको प्रहरीले जनाएको  छन् ।