भारतीय राजदूतावास द्धारा दार्चुलाका दुई गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

२ बर्ष अघि

२0७९ असार १९ आईतवार

भारतीय  राजदूतावास द्धारा दार्चुलाका दुई गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

दार्चुला । भारतीय राजदूतावस द्धारा दार्चुलाका दुई गाउँपालिकालाइ निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्तरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनुभयो ।  आईतवार नेपाल–भारत मैत्री विकास अन्तरगत  बहान हस्तान्तरण गरिएका हुन । नेपालका लागि भारतका राजदुत नविन श्रीवास्तवले एक समारोहका बिच मालिकाजुन गाउँपालिका अध्यक्ष हिरा सिह धामी र दुहुँ गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष कृष्ण सिह लोथ्याललाई एम्बुलेन्स हस्तान्तरण गरेको हुन् ।