दार्चुलामा ५० प्रतिशत रोपाइँ सम्पन्न

२ बर्ष अघि

२0७९ असार १६ बिहीबार

दार्चुलामा ५० प्रतिशत रोपाइँ सम्पन्न

दार्चुला । दार्चुलामा ५० प्रतिशत रोपाई सम्पन्न भएको छ । असार १६ गते सम्म  जिल्लामा ५० प्रतिशत रोपाई सम्पन्न भएको हो ।  दार्चुलामा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । । सिँचाइको सुविधा भएको  सबै ठाउँमा रोपाइँ  सम्पन्न भएको र केहि ठाउँमा मात्रै  बाँकी रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले जानकारी दिनुभयो  । असार महिना भित्रै सबै ठाउँमा रोपाइँ सम्पन्न हुने बताईएको छ । दार्चुला जिल्लाको ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेति गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।