चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा काठमाडौंमा प्रदर्शन

२ बर्ष अघि

२0७९ असार १६ बिहीबार

चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । गोरखामा नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौंको नयाँ बानेश्वरमा ब्यापक प्रदर्शन गरेको छ ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शनकारीले नेपाली भुमी फिर्ता गर , चिनियाँ दादागिरी बन्द गर , नाकाबन्दी खुला गर , भन्ने नाराका साथ बिरोध प्रदर्सन गरिएको छ । चिनियाँ विस्तारवाद निति बन्द गर, अतिक्रमित भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नाकाबन्दी फुकुवा’ जस्ता चीन विरोधी नारा लगाएका थिए । उक्त बिरोध प्रदर्शन सङै नेपाली जनतामा चीनलाई हेर्ने दृस्ठिकोण परिवर्तन हुन थालेका छ । नेपाली भुमीमा चीनले गर्न लागेका विभिन्न गतिविधिका बारेमा जनताले बुझ्न थालेका छ्न कि चिनियाँ बिस्तार नीति के हो रु नेपाली जनताले कोरोनाको बहाना बनाई कसरी सिमानाका बन्द गरेको हो  । ब्यापारीहरु पुर्ण रुपमा मर्कामा परेका छ्न नेपाल सरकार सचेत हुनु पर्छ ।