देउवा सरकारको अर्को हिम्मतिलो निर्णय एसपीपी खारेज गरेको पत्र अमेरिकालाई पठायो

२ बर्ष अघि

२0७९ असार १६ बिहीबार

देउवा सरकारको अर्को हिम्मतिलो निर्णय  एसपीपी खारेज गरेको पत्र अमेरिकालाई पठायो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी खारेज गरेको पत्र अमेरिकालाई पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको बताएका छन् । राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी सरकारलाई पठाइएको जानकारी दिए ।

‘परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने पत्र पठाइसकेका छौं । मन्त्रिपरिषद्ले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय ग‍र्‍यो,’ उनले भने ।

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको थियो । त्यससँगै परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पत्रसमेत पठाउने निर्णय गरेको थियो ।

सरकारले एसपीपी खारेज गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली राजदूत श्रीधर खत्रीलाई ह्वाइट हाउसमा बोलाएर भेटेका थिए । उनले एसपीपीमा नेपालले गरेको निर्णयबारे आफू जानकार रहेको बताएका थिए । नेपाल भरपर्दो मित्र भएको बताउँदै राष्ट्रपति बाइडेनले नेपाललाई उच्च प्राथमिकता दिएर राजदूतलाई ह्वाइट हाउसमै भेट दिएका थिए ।

ण्