धौलीगंगा बाँधका ढाेका खोलिदै सर्तक रहन प्रशासनको आग्रह

२ बर्ष अघि

२0७९ असार १५ बुधबार

धौलीगंगा बाँधका ढाेका खोलिदै सर्तक रहन प्रशासनको आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। यही असार १६ गते विहान ५ बजेदेखि असार १६ गते बेलुकी ८ बजे सम्म  उक्त बाँध खोलिने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलावाट प्राप्त पत्रमा उल्लेख छ। 

बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षीत स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरिएको छ।  दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको ३ लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।