लागूऔषधसम्बन्धी अपराधमा संलग्न १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

२ बर्ष अघि

२0७९ असार १५ बुधबार

लागूऔषधसम्बन्धी अपराधमा संलग्न १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

काठमाडौ ।  लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनामा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो ।

यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागूऔषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागूपदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ ।

लागूऔषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागूऔषधसम्बन्धी अपराध पदाफार भएका छन्, भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीन सय पाँच टन लागूऔषध बरामद भएको छ ।

देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्रयास भइरहेका बताएको छ । रासस