निर्मलाको न्यायको लागि बैतडी सदरमुकाममा पनि प्रर्दर्शन 

६ बर्ष अघि

२0७५ आश्विन १ सोमबार

निर्मलाको न्यायको लागि बैतडी सदरमुकाममा पनि प्रर्दर्शन 

उमेश धामी, दृष्टिकाेण समाचार  बैतडी
 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै बैतडीमा पनि प्रदर्शन भएको छ । बैतडीको जिल्ला प्रशासन कार्यालय परिसरभित्रै प्रवेश गरी मेलौली नगरपालिका महिला संजालले हातमा कालो पट्टी बाँधेर विरोध प्रर्दर्शन गरेको हो । प्रदर्शनमा सहभगीहरूले हत्यारालाई सजाय दिन माग गर्दै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा विभिन्न पेसाकर्मीदेखि वृद्धवृद्धा र बालबालिकासमेत सहभागी थिए । बैतडी सदरमुकाम गोठालपानी बजार र साहिलेक बजार क्षेत्रमा प्रर्दशन गरिएको थियो ।