करौडों नगदका साथ चीनीयाँ नागरिक पक्राउ

२ बर्ष अघि

२0७९ असार १५ बुधबार

करौडों नगदका साथ चीनीयाँ नागरिक पक्राउ

काठमाडौ ।करौडों नगदका साथ चीनीयाँ नागरिक पक्राउ,परेका छन् ।  हामिले दक्षिण भारतीय नाकामा प्रायजसो तस्करी र आपराधिक गतिविधिका घटनाहरु सार्वजनिक भैरहेको पढ्न, सुन्न र हेर्न पाएका हुन्छौं ।
कि तमाम चीनीयाँ नागरिकहरु भलादमी, नैकिकवान र सत्यमार्गी नै हुन्छन तरु  त्यो कदापि हुनै सक्तैन । झन चीनीयाँ पक्षको अपराध गम्भीर प्रकृतिका हुन्छन । फरक यति मात्र छ कि तिनिहरुले गर्ने अपराधमा राज्य संयंत्रको प्रत्यक्ष भूमिका हुन्छ, संगठित रुपमा अत्याधुनिक प्रविधिको प्रयोग भएको हुन्छ भने मीडिया र उच्च पदस्थ कर्मचारी एवम् राजनीतिक पहुँचका हुन्छन । कुरो बुझ्न सरल छ , निगरानी गर्ने निकाय र नेतृत्व गर्ने तहमा तपाईको पहुँच भएपछि नेपालमा हुन सक्ने भनेको जे पनि रहेछ । फलस्वरूप घटनाहरु बाहिरिने अवस्था नै आउँदैन । तर पनि कहिले काहिँ प्राविधिक त्रुटी भएर खबरहरु चुहिन पुग्छ र हामि आम नागरिकले हायसन्चो गर्ने अवसर प्राप्त गर्छौं ।

काठमाण्डूका विभिन्न स्थानबाट कैयौँ पटक कल सेन्टर, एटिएम चोरी, साईवर अपराध, हत्या, तस्करी जस्ता अनैतिक र अवैधानिक कृयाकलापमा संलग्न चीनीयआँ नागरिकहरु पक्राउ नपरेका होईनन् । तर रातारात मुद्दा छिनोफानो गरेर साम्य पार्ने गरेका छन । 

अचम्मको कुरो त के छ भने, नेपाली पक्षले आफ्नो कर्तव्य मानि उनको सत्कारमा तत्परता देखाउँछन । अझ मीडियाले त झन चुइँक्क वोल्दैन । पिड़ा आम नेपाली जनतालाई हुन्छ । नेपाली नेताहरुको चीन प्रतिको भक्तिभाव देखेर स्वयं चीमीयाँ पक्ष अचम्भित छन ।

चीनले भूमि मिचेको प्रति चीनीयाँ पक्षले केहि वोल्नै पर्दैन । नेपाल सरकार स्वयं चीनीयाँ पक्षको प्रवक्ता भएर प्रकट हुने गर्छन । कुनै समयमा चीनले नेपाली गाउँ नै आफ्नो सीमाभित्र पारेको प्रश्नको जवाफमा तत्कालीन विदेश मंत्रीले उक्त गाउँको स्वतंत्रताको बिषय रहेको भन्दै संसदमै गैरजिम्मेवारपुर्ण अभिव्यक्ति दिएका थिए । सरकारको चीनीयाँ महराज प्रतिको बफादारी यसरी पटक पटक प्रमाणित भएको छ ।

घटना फेरि घटेको छ, प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका९८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो स्रोतले जानकारी दियो। 

मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका९२ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। 

प्रहरी स्रोतका अनुसार लागु औषध सहित केही मानिसहरू काठमाडौं प्रवेश गर्दैछन् भन्ने सूचना पाएको थियो। सो सूचना अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट संयुक्त टोली खटियो। टोलीले चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको रकम फेला पारेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाउने भनिएको छ। तर अनुसंधान कहाँ सम्म पुगेर कुन भ्वाङ्गमा विलीन हुने हो भने ठेगान छैन । चीनसंगको घनिष्ठ मित्रता कायम राख्न हामिले आंतरिक सुरक्षा लाई पनि दाउमा राख्न चुक्नु हुँदैन नि, फेरि चीनीयआँ कमरेडको कुदृष्टि खेप्नु पर्ने हुन सक्छ ।

नेपाल हो यहाँ पहुँच र पावर भएकाले जे पनि गर्न पाउँछ भने, निमुखा जनताले निःशुल्क पाउने सिटामोल त परै जाओस जलस्रोतका धनि देश नेपालमा शुद्ध पानि बेगर पनि मान्छेको प्राण जान्छ ।