दार्चुलाका स्थानीय तहले ल्याए नीति कार्यक्रम र बजेट

२ बर्ष अघि

२0७९ असार ११ शनिबार

दार्चुलाका स्थानीय तहले ल्याए नीति कार्यक्रम र बजेट

दार्चुला ।  दार्चुलाका ९ वटै स्थानीय तहले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिकवर्ष ०७९।८० को लागि नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।
महाकाली नगरपालिकाको १० औँ सभामा नगरप्रमुख नरसिह चैसिरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । भने नगर उपप्रमुख दुर्गा खत्री विष्टले बजेट पेश गर्नुभएको छ । महाकाली नगरपालिकाले सम्बृद्ध महाकाली सुखी महाकाली बासी भन्ने मूल नाराका साथ नीति कार्यक्रम र बजेट ल्याएको छ ।
महाकाली नगरपालिकाले एक उत्पादन एक वडा कार्यक्रम प्राथमिकता साथ ल्याएको छ । लघु उद्यम र स्थानीय बजार व्यवस्थापनदेखि एक वडा एक उत्पादन कार्यक्रममार्फत राजेगारी सिर्जना गर्न सकिने नीति कार्यक्रममा समेटिएको छ । नगरप्रमुख चैसिरले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा वडा नम्बर १ मा मौसमी तथा बेमौसमी गोलभेडा उत्पादन, वडा नम्बर २ मा आलुको सम्भावना भएको भन्दै पके क्षेत्र घोषणा गरिने उल्लेख छ । यस्तै वडा नम्बर ३ मा दुध उत्पादन र बाख्रा पालनमा जोड दिइएको छ । वडा नम्बर ४ मा बजार व्यवस्थापन, वडा नम्बर ५ मा दुध तथा फलफुल र बाख्रा पालन गर्न सकिने उल्लेख छ । यस्तै वडा नम्बर ६ मा सुन्तला पकेट क्षेत्र घोषणा तथा पौनेखौलामा ओखर उत्पादन, वडा नम्बर ७ मा तरकारी उत्पादन र माछा पालन, वडा नम्बर ८ मा तरकारी तथा दुध उत्पादन, धौकोट क्षेत्रमा सुन्तला, मौसमी, कागती उत्पादन गर्न सकिने जनाइएको छ भने वडा नम्बर ९ मा तरकारी तथा दुध उत्पादन पकेट क्षेत्र बनाएर बेरोजागर युवालाई लघु उद्यम आकर्षित गर्न सकिने नीति कार्यक्रममा समेटिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाले ल्याएको नीति कार्यक्रमाथि छलफल जारी छ । मालिकार्जुन गाउँपालिकाको ८ औ गाउँसभामा नीति कार्यक्रम पेश गरिएको छ । मार्मा गाउँपालिकाको ११ औं गाउँसभामामा गाउँपालिका अध्यक्ष जमनसिह धामीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्नुभउको छ । मार्मा गाउँपालिकाले जलस्रोत जडिबुटी एवं पर्यटन पूर्वाधारको विकास समग्र मार्मा गाउँपालिकाको सम्बृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूल नाराका साथ नीति कार्यक्रम ल्याइउको छ। व्याँस गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९।८० को नीति कार्यक्रम ११ औँ गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष मंगलसिह धामीले नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिदै नीति कार्यक्रम अघि ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाभित्रको शिक्षा सुधार ल्याउने गरी  विशेष प्राथमिकता दिइएको छ । मलिकार्जुन गाउँपालिकाले शिक्षा स्वास्थ्य कृषि र रोजगार, सुखी गाउँबासीको आधार, दिगो विकास योजनामा आधारित भौतिक पूर्वाधार भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष हिरासिह धामीले कृषि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम सार्वजनिक गर्नुभएको हो । दुहुँ गाउँपालिकाले शिक्षा स्वास्थ्य पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै नीति कार्यक्रम ल्याएको छ । दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले गाउँसभामा पेश गर्नुभएको नीति कार्यक्रममा सम्बृद्ध दुहुँ सुखी दुहुँबासी मूल नारा दिइएको छ । गाउँपालिकाले गाउँसभामा पेश गरेको बजेट आगामी असार १७ गते छलफल हुने जनाइएको छ । लेकम गाउँपालिकाले उज्यालो लेकम सम्बृद्ध लेकम भन्ने मूल नाराका साथ आगामी आर्थिकवर्ष ०७९।८० को नीति कार्यक्रम सार्वजनिक गरेको छ । लेकम गाउँपालिका अध्यक्ष रामदत्तज जोशीले गाउँसभामा नीति कार्यक्रम पेश गर्नुभएको छ । लेकम गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी नीति कार्यक्रम ल्याइएको गाउँपालिका प्रवक्ता सुरेशसिह थापाले बताउनुभयो । गाउँसभामा बजेट भने पेश गरिएको छैन्