नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपाल पनि श्रीलंकाकै अवस्थामा आउन सक्ने बताए

२ बर्ष अघि

२0७९ असार १0 शुक्रबार

नेपाल राष्ट्र बैंकका गभर्नर  अधिकारीले नेपाल पनि श्रीलंकाकै अवस्थामा आउन सक्ने बताए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल पनि श्रीलंकाकै अवस्थामा आउन सक्ने  बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंका बन्न सक्ने बताएका हुन्। उनले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन सक्नुपर्ने उनको भनाइ छ।

उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताए।

गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए।  गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताए।

उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए। गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको बताए। उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको र अझै बढ्नसक्ने बताए।

गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याएपनि केही क्षेत्रमा असर परेको स्वीकार गरे। उनले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने संकेत गरे।