भारतीय सेनाका सेनापति मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउदो भदौं महिनामा नेपाल आउने

२ बर्ष अघि

२0७९ असार १0 शुक्रबार

भारतीय सेनाका सेनापति मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउदो भदौं महिनामा नेपाल आउने

नयाँ दिल्ली । भारतीय सेनाका सेनापति मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउदो भदौं महिनामा नेपाल आउन लागेको छ । भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डे अगस्ट ९भदौं० मा नेपाल भ्रमणमा आउने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको हो । नेपाल भारतको सेनाप्रमुख नियुक्त भएपछि औपचारिक भ्रमण हुने गर्दछ किन भने विगत पचासौं बर्ष अघि देखि चल्दै आएको परम्परा अनुसार दुबै देशका प्रधानसेनापति लाई एक अर्का देशका मानार्थ सेनापतिको उपाधी प्रदान गर्ने प्रचलन रहेका छन् । सोही प्रचलनको अनुासर औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनापति पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्ने बताइएको छ । “हामी उनको भ्रमणको मिति र तालिकामा काम गरिरहेका छौं,” एक स्रोतले एएनआईलाई भनेको उक्त समाचार एजेन्सीले जनाएको छ ।