नेपाल ले आफ्नो भू–भाग चाहियो भन्नु कुनै देशसँगको सम्बन्ध बिगार्नु होइन नेकपा एमाले अध्यक्ष ः ओली

२ बर्ष अघि

२0७९ असार ८ बुधबार

नेपाल ले आफ्नो भू–भाग चाहियो भन्नु कुनै देशसँगको सम्बन्ध बिगार्नु होइन नेकपा एमाले अध्यक्ष ः ओली

काडमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनु भएको हो ।
मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डौमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक–पटक राखेको पनि स्मरण गराउनुभयो ।