कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ नेकपा एमालेका उपमहासचिव ज्ञवाली

२ बर्ष अघि

२0७९ असार ८ बुधबार

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ नेकपा एमालेका उपमहासचिव  ज्ञवाली

काठमाडौ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताएका हुन् ।
’भारत र चीनबीचको चिसिँदो सम्बन्ध र चीन र अमेरिकाबीचको व्यापार युद्धका बीचमा हामीले आफूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ,’ ज्ञवालीले भने । पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताए ।

’अहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेलामौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौँ भन्ने छ । इतिहासले छाडेका वा भारी बोकाएका समस्याहरू समाधान गर्नु छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि हैन,’ उनले भने ।

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा