चौतारोलाई गिज्याइरहेको सार्वजनिक सौचालय (फोटो फिचर)

६ बर्ष अघि

२0७५ भाद्र ३१ आईतवार

चौतारोलाई गिज्याइरहेको सार्वजनिक सौचालय (फोटो फिचर)

दृष्टीकोण समाचार, ३१ भाद्र दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ को तीङ्करखेडा नजिकै रहेको पीपलचौतारो गत आर्थिक बर्षमा महाकाली नगरपालिकाले मर्मत गरेपछि अहिले टिलिक्क बनेको छ । चौतारोमा मन्दिर निर्माणसँगै चारैतिर टायल राखिएका छन् । नगर क्षेत्रभित्र रहेको उक्त सार्वजनिक स्थलमै चौतारोका पछाडीपट्टी दुई बर्ष पहिले निर्माण गरिएको सार्वजनिक सौचालय पनि छ । 


दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना, तथा महाकाली नगरपालिकाको आर्थिक सहयोगमा सार्वजनिक सौचालय बनेको हो । तर उक्त सौचालयमा अहिले चाबी लागेको छ । प्रयोग विहिन अवस्थामा रहेको छ । टायल राखेर चिल्लो बनाईएको चौतारोलाई पछाडीतीरको सौचालयले सधै गिज्याइरहेको छ । निर्माण सम्पन्न भई नगरपालिकालाई हस्तान्तरण गरिएको छैन् । 


उक्त सौचालय निर्माणमा ३ लाख ५० हजार रुपैँया खर्च गरिएको छ । तर पानीको अभाव, सौचालय हस्तान्तर लगायतको कारण अहिले सम्म महाकाली नगरपालिकाले उक्त सौचायल प्रयोगमा ल्याएको छैन् । त्यस्तै खुल्ला मञ्च र बंगाबगडमा रहेको सौचालयहरु भने प्रयोगमा ल्याइएका छन् ।

 बनेको संरचनालाई प्रयोगमा नल्याइएपछि स्थानीयले आलोचना गरेका छन् । संरचना बनाएर बजेटमात्रै स्वाहा गर्नु भन्दा खुल्ला दिशामुक्त दार्चुला जिल्लामा बनेका ती सार्वजनिक संरचनाहरु प्रयोगमा आउनु पर्ने स्थानीयको माग छ ।