अन्तरराष्ट्रिय योग दिवशको अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी

२ बर्ष अघि

२0७९ असार ८ बुधबार

अन्तरराष्ट्रिय योग दिवशको अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री  देउवा सहभागी

काठमाडौं । अन्तरराष्ट्रिय योग दिवशको अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन् । अन्तरराष्ट्रिय योग दिवस हरेक बर्ष २१ जुनमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । सोही अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास शिविरमा प्रधानमन्त्री देउवा सहभागी भएको हो । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएका छन् ।