ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

२ बर्ष अघि

२0७९ असार ७ मंगलवार

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

दार्चुला । ग्लोबल आईएमई बैंकले स्वस्थ नारी पहल अभियान अन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित धाप स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको ग्लोबल आईएमई बैंक दार्चुला शाखाका प्रबन्धक आरोग्य जोशीले जानकारी दिनुभयो । डेढ सय बढी महिलाहरु शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकले जनाएको छ । 

ग्लोबल बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग र महाकाली नगरपालिकको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।