गैरआवासीय नेपालीहरूको नागरिकता समस्या यथाशीघ्र सम्बोधन हुन्छः प्रधानमन्त्री शेरबहादुर देउवा

२ बर्ष अघि

२0७९ असार ६ सोमबार

गैरआवासीय नेपालीहरूको नागरिकता समस्या यथाशीघ्र सम्बोधन हुन्छः प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकता समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले गैरआवासीय संघले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आएकाले सरकारले सबै पक्षसँग समन्वय गरी सम्बोधन गर्ने आश्वासन दिए । देउवाले गैरआवासीय नेपालीहरूलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आह्वानसमेत गरे । उनले भने, ‘नेपाल मातृभूमि भएका र संसारभरि छरिएर रहेका नागरिकलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न र डलर खाता खोलेर तथा वचत९पत्र किनेर पाइदा उठाउन अपिल गर्दछु । गैरआवासीय नेपाली संघको जायज मागप्रति सरकार संवेदनशील छ ।

गैरआवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि लिएर लगानी संरक्षणप्रति सरकारले आवश्यक सहजीकरण गर्नेछ । गैरआवासीय नेपालीहरूको नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्ने आग्रह गर्दै आउनुभएको छ । यो विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा यहाँहरूलाई आश्वस्त गराउन चाहन्छु । गैरआवासीय नेपालीहरूले आफूसँग भएको सीप, पुँजी, अनुभव नेपालको विकासमा लगाउन आह्वान गर्दछु । नेपाललाई हाम्रो जीवनमा ए