एजेन्सी । यथार्थमा समकालीन विश्वमा नेपालको बढ्दो रणनीतिक महत्व भय हैन, अवसरको विषय हो । हामी यो अवसरलाई उपयोग गर्न चुक्यौं भने नेपाल फेरि पनि सतीको श्राप लागेको अभिशप्त मुलुक नै सावित भइरहनेछ । चीन(अमेरिका सम्बन्धबारे अनेक तर्क, आशंका, विश्लेषण, बुझाइ र वैचारिकी क्रियाशील छन् नेपालमा । ती कति सही छन् वा गलत भिन्नै कुरा । तीमध्ये सबैभन्दा शक्तिशाली तर्क वा दृष्टिकोण हो( चीन र अमेरिका ‘शत्रु राष्ट्र’ हुन्, यिनीहरूबीच जुन कुनै बेला ‘युद्ध’ हुन सक्दछ । अमेरिका र चीनबीच निकट भविष्यमा हुने ‘युद्ध’ मा नेपाल रणमैदान हुने जोखिम छ ।
जो व्यक्ति वा राजनीतिक समूह यो दृष्टिकोणमा विश्वास गर्दछन्, ‘विश्वास’ मात्रै गर्दैनन्, यो ‘सत्य’ हो भन्ने ठान्दछन् । जबकि ‘विश्वास’ र ‘सत्य’ बीच निकै ठूलो भिन्नता हुन्छ । विश्वास एक धारणा, एक ‘हाइपोथेसिस’ हो । त्यो सत्य हुन पनि सक्दछ, नहुन पनि सक्दछ । सत्य त्यो यथार्थ हो( जो हुन्छ, हुनेछ, भएरै छोड्नेवाला छ । शुद्ध विज्ञान’ ९पियोर साइन्स मा जस्तो ‘व्यावहारिक विज्ञान’ ९एप्लाइड साइन्स० मा कुनै कुरा हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति वा युद्ध नीति शुद्ध विज्ञान नभएर व्यावहारिक विज्ञान हो ।
जस्तो कि हिजो पहिलो सन् १९४५–१९९१ को सोभियत संघ अमेरिका बीचको शीतयुद्धको अवधिमा पनि यी दुई देशबीच जुनकुनै बेला युद्ध हुन सक्ने तर्क र अनुमान बलियो थियो । त्यो विश्वास मात्र थियो, सिद्ध भयो । सत्य सावित भएन । सत्य के बन्यो भने अमेरिका(सोभियत संघ एकअर्काको भूमिमा गएर आमनेसामनेको युद्ध कहिल्यै लडेनन् । त्यसो नभइकन करिब ४६ वर्ष लामो शीतयुद्ध आफैं समाप्त भएर गयो । आज धेरै मानिसको यो विश्वास छ( चीन र अमेरिका तुरुन्तै युद्धको मनस्थितिमा छन् । निकट भविष्यमा अमेरिका र चीनबीच युद्ध हुनेछ । त्यसका लागि अमेरिकाले नेपालबाट समेत तयारी गर्दैछ । अमेरिकाले चीनलाई घेर्ने नीति अन्तर्गत ‘हिन्द(प्रशान्त रणनीति’ बनाएको छ । एमसीसी पास भएपछि नेपाल भित्रभित्रै हिन्द(प्रशान्त रणनीतिको साझेदार भइसक्यो । त्यसैको अर्को कडीको रूपमा फेरि अमेरिकाले ‘एसपीपी’ प्रस्तावित गरेको हो । भलै, कि नेपाली सेनाको पत्र सार्वजनिक भएपछि अमेरिकाले एसपीपी प्रस्तावित गरेको हैन, नेपालले नै अनुरोध गरेको हो भन्ने पुष्टि भइसक्यो ।