विश्व बैंकद्वारा डिजिटल नेपाल रूपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृत

२ बर्ष अघि

२0७९ असार ६ सोमबार

विश्व बैंकद्वारा डिजिटल नेपाल रूपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रूपान्तरणका लागि करिब सवा १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृति गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि सो रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले जनाएको छ । यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगी हुने बताउनुभयो । परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यान्वयनमा सहयोग गर्ने विश्व बैंकले जनाएको छ । ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले काम गर्नेछ ।