देशलाई अस्थिर बनाउन खोज्ने बिरुद्ध एकजुट हुनुपर्छ काग्रेश नेता पौडेल

२ बर्ष अघि

२0७९ असार ६ सोमबार

देशलाई अस्थिर बनाउन खोज्ने बिरुद्ध एकजुट हुनुपर्छ काग्रेश नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग सोमबार निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एक मात्र लक्ष्य रहेको उल्लेख गरे । देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।’