नगद तथा भौचर सहायता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ बर्ष अघि

२0७९ असार ५ आईतवार

नगद तथा भौचर सहायता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दार्चुला । बिपतमा परेका पिडितहरुलाई नगद तथा भौचरको माध्यमबाट  राहात वितरणलाई प्रभावकारी बनाउन  अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतवार नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दार्चुलाको समन्वयमा रेडक्रसकर्मीहरुका लागि एक दिने क्षमता मापन कार्यशासाला गोष्ठी सम्पन्न हो । मानविय सहयोगका लागी नगत तथा भौचर सहायता सम्बन्धी लेखाजोखा, योजना निर्माण तथा प्रतिकार्यमा नगत तथा भौचरको सहायताबाट उद्धार गर्ने कर्मचारी र  स्वयमसेवकको क्षमता अभिबृद्धि गराउने उदेश्यले गोष्ठीको आयोजना गरेको नेपाल रेडक्रस सोसाईटि दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीले बताउनु भयो । भगौलिक अध्ययन गरि बिपत गईहालेमा पिडितको मागका आधारमा राहात दिन नसकिने भएकाले आवश्यकताका आधारमा आफैले उपभोग्य समाग्रि खरीद गर्नमा नगद तथा भौचर सहायताले महत्व दिने भएकाले सबैले कार्यान्वयन गर्नु आश्यक रहेको पनि बताएका छन । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाका ,सभापति गोपाल सिह महर अध्यक्षता तथा  गाँउपालिका उपशाखा तथा जुनियर रेडक्रस सोसाईटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटिले नेपालमा पनि पहिलो पटक नगद तथा भौचर सहायतलाई आत्यमसाँथ गर्दे सन २००६ देखि सुरुवात गरेको छ । भने अहिले नेपालका ३६ वटा जिल्लाहरुवाट  नगद राहात वितरणको काम चलिरहेको नेपाल रेडक्रस सोसाईटि दार्चुला शाखाले जनाएको छ । नगत तथा भौचरको माध्यमबाट पिडितको तत्कालिन आधारभुत आवश्यक्ता आवास, खानेपानी सरसफई तथा स्वछता , जिविको पार्जन र संरक्षणमा विशेष सहयोग पुग्ने विश्वास पनि गरिएको छ ।