दार्चुलामा अहिले सम्म ६ हजार ओखरका विरुवा वितरण

२ बर्ष अघि

२0७९ असार ४ शनिबार

दार्चुलामा अहिले सम्म ६ हजार ओखरका विरुवा वितरण

दार्चुला । दार्चुला जिल्लाको लेकम क्षेत्रलाई ओखर जोन बानाउन अहिले सम्म ६ हजार ओखरका विरुवा वितरण गरेका छन् । शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईको आनुगमन कार्यक्रमका सहभागिले उक्त कुरामा जोड दिएका हुन । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाँउपालिकामा ओखर खेतिको अधिक सम्भावना रहेकाले सबै कृषकहरुले व्यवसायिक बन्नु आवश्यक रहेको बताएका छन ।  जिल्लामा टर्किको स्याउ र ईटालियन , कश्मिरे जातका करवि ६ हजार ओखरका विरुवा  वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलाका प्रमुख विष्णु ओझाले बताउनु भयो । 


दार्चुला जिल्लामा ओखरकोे बजारीकरणको भन्दा पनि विभिन्न प्रकारका रोगहरु लाग्ने चुनौति रहेकाले विज्ञहरु संगको सल्लाहमा काम गरिरहेको कार्यालयले जनाएको छ ।
दार्चुलामा कृषहरुले एक सिजनमा मात्रै ६० हजार देखि १ लाख सम्म आम्दानी गर्ने गरेकाले असिना बाट र ओखरमा लाग्ने रोगबाट बचाउने तरिका सिक्न पाए अझै झन लाभ पाउन सकिने स्थानीय कृषक कमल सिह धामीको जनाएका छन् । 


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दार्चुलाले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुको भुगोल हेरेर स्याउ खेती तथा ओखर खेतीलाई पहिलो प्रार्थमिक्तामा राखी काम गरिरहेको छ । आजको अनुगमन कार्यक्रममा जिल्ला समन्वय समित प्रमुख महादेव बडु, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदँ , जिल्ला समन्वय अधिकारी लगायत सरोवकारवाला निकायहरुको सहभागिता रहेको थियो । शनिबार मालिकार्जुन गाँउपालिका वडा नम्बर ८ पस्ती र शैल्यखिशर नगरपालिकाको वडा नंम्बर ६ पनेवाँज मिलमिली क्षेत्रका किसानहरुले रोपेका ओखरहरुको अवलोकन गरेका छन ।