नगरपालिकामा वडा स्तरीय पोषण तथा खाद्य निर्देशक समिति गठन 

६ बर्ष अघि

२0७५ भाद्र ३१ आईतवार

नगरपालिकामा वडा स्तरीय पोषण तथा खाद्य निर्देशक समिति गठन 

सुलोचना महता, भाद्र ३१ दार्चुला । युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले महाकाली नगरपालिका वाड नं. ४ र ५ को वडा स्तरीय पोषण तथा खाद्य निर्देशन समिति गठन गरेको छ । सुनौला हजार दिनका महिला तथा बालबालिकाको पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले समिति गठन गरीएको हो । महाकाली नगरपालिका वाड नं. ४ मा वडाध्यक्ष पुष्करराज जोशी र वडा नम्बर पाँचका वडाध्यक्ष तोरन प्रसाद अवस्थी  समितिको अध्यक्ष रहेका छन् । 
यएसएअाइडीको आर्थिक सहयोगमा सिअारडिएस  नेपाल दार्चुला मार्फत सञ्चालित सुआहारा कार्यक्रमले महाकाली नगरपालिकामा कार्यक्रम अन्तरगत पोषण समिति गठन गरेको हो ।