एसपीपीमा सहमति हुँदैन, यसको च्याप्टर सकियो परराष्ट्रमन्त्री खड्का

२ बर्ष अघि

२0७९ असार ३ शुक्रबार

एसपीपीमा सहमति हुँदैन, यसको च्याप्टर सकियो  परराष्ट्रमन्त्री खड्का

काठमाण्डौ । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा नरहेकाले यस विषयमाथि अब थप छलफल गर्न आवश्यक नभएको बताउनुभयो ।

उहाँले  नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लोज भइसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पार्नु भएको छ ।

नेपाल सेनाले एसपीपी सम्झौता नगर्ने भनेर विज्ञप्ति निकालिसकेकाले अब यो विषयलाई विवादमा तानिरहनु आवश्यक नभएको उहाँको भनाइ छ ।