पूर्वमहामन्त्री कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको गरे प्रशंसा

२ बर्ष अघि

२0७९ असार ३ शुक्रबार

पूर्वमहामन्त्री  कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको गरे प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । देउवाले पार्टी र सरकार सञ्चालनमा सन्तुलन मिलाएको र दुबैमा उनको भूमिका सन्तोषजनक रहेको शशांकको भनाइ छ । प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णय सन्तोषजनक रहेकाले आफूहरूको कुनै विरोध नभएको उनले स्पष्ट पारे । पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिइरहेको उनले सञ्चारकर्मीलाई बताए । त्यसैकारण देउवासँग असहमति राख्ने ठाउँ नभएको उनको भनाइ छ । पार्टीका पदाधिकारीहरूलाई पद अनुसारको भूमिका दिएको, निर्णय गर्दा सबैसँग सल्लाह गरेको, पदाधिकारीहरू सबैले आ–आफ्नो भूमिका पाइरहेको भन्दै शशांकले सभापतिले सन्तुलन मिलाएकोमा खुसी व्यक्त गरे ।