निर्मला हत्याकाण्ड सुटिङ भएका सिसीटीभी क्यामेराका फुटेजहरू कसरी हराए ।

६ बर्ष अघि

२0७५ भाद्र ३१ आईतवार

निर्मला हत्याकाण्ड सुटिङ भएका सिसीटीभी क्यामेराका फुटेजहरू  कसरी हराए ।

दृिष्टिकाेण समाचार  महेन्द्रनगर, ३१ भदौ । निर्मला हत्याकाण्ड सुनियोजित भएको तथ्य पुष्टि गर्ने थप अर्काे सन्दर्भको पर्दाफास भएको छ । भीमदत्त नगरपालिकामा हुने ठूला अपराधका घटनाको अनुसन्धानलाई बल पुर्याउन बजार क्षेत्रभरी १६वटा सिसीटीभी क्यामेरा विभिन्न सार्वजनिक स्थलमा जडान गरिएका छन् । ति मध्ये होटल ओपरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा समेत क्यामेरा जडान गरिएको छ ।

१० साउनमा एसपी विष्टका छोरा किरण विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित फोटोसुट गरेको भनिएको होटल ओपेराको बाहिरको गतिविधि समेत नियाल्न सक्नेगरी सीसीटीभी क्यामेरा जडान गरिएको छ । तर घटनालाई सुनियोजित हो भन्न मिल्ने गरि भदौ १७ गते देखि नै ति क्यामेरा अचानक विग्रिएको पाइएको छ । जसका कारण घटना कैद भएका सो क्यामेरामा समेत छेडखानी भएको हुनसक्ने अर्काे आशंका उब्जाएको छ । सो क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएकोले त्यसदिनको रेकर्ड मेटिएको प्रहरीले प्रतिकृया दिएको छ । तर, नगरपालिकाले जडान गरेका क्यामेरा अचानक कसरी बिग्रियो नयाँ भन्ने प्रश्न उठेको छ ।

नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आएका छन् । जसका कारण हत्याकाण्ड योजनावद्ध भएको दावीलाई बल मिलेको छ । निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेरा अगाडिको क्यामेरासहित केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् । एसपी कुबेरसिंह कडायतले होटल ओपेराको गेट सहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरासहित अन्य क्यामेरा १७ साउनपछि नचलेका बताए । नगरपालिकाले जडान गरेको क्यामेराले ओपेराको गेटको दायाँ–बायाँ पाँच–पाँच मिटर फोकस गरेपनि १७ साउनपछि त्यो क्यामेरा नचलेको एसपी कडायतले बताए । सो क्यामेरा भीमदत्तका मेयर सुरेन्द्र विष्टको घर अगाडि जडान गरिएको छ ।

१७ साउन अगाडि भने त्यो क्यामेरा चालु रहेको एसपी कडायतको भनाई छ । उनले बलात्कारपछि हत्याको घटना हुँदासमेत प्रहरीले १० र ११ साउनका दिन नगरका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित नराखेको स्वीकारे । ठूला घटना भएका बेला उपयोगी हुने विश्वासका साथ जडान गरिएका क्यामेरातर्फ प्रहरीले ध्यान नदिएको हो वा जानीजानी फुटेज सुरक्षित नराखिएको भन्नेबारे आफूले केही भन्न नसक्ने एसपी कडायतको जिकिर छ । एसपी कडायत जिल्लाका प्रमुख भएर ८ भदौमा मात्रै कञ्चनपुर आएका हुन् ।  नगरपालिकाले झण्डै २० लाख रुपैयाँको लागतमा बजारक्षेत्रमा १६ क्यामेरा जडान गरेको छ । ती क्यामेरालाई रातको समयमा पनि काम गर्नसक्ने अर्थात् ‘नाइटभिजन क्यामेरा’ बताइएको थियो । क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष राखिएको सो नेटर्कको स्टोरेज क्षमता ६ टीबी भएको बताएको छ । सो क्षमताको हार्डडिस्कमा झण्डै ३० दिनको डाटा सुरक्षित रहने उग्रताराले बताए पनि एसपी कडायतले १३ दिनको डाटा मात्रै सुरक्षित हुने बताए । एसपी विष्टका छोरा किरण विष्टले १० साउनका दिन परेको आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित होटेल ओपेरामा फोटोसुट गरेको बयान दिएपछि ओपेराको सीसीटभिी फुटेज खोजिएको थियो तर उच्चस्तरीय समिति भदौ ८ मा महेन्द्रनगर आउँदा स्टोरेज क्षमताका कारण ओपेराको त्यो फुटेज स्वतः मेटिएको थियो ।